नियम ३०
नेपाल सरकार उपर परेको वा नेपाल सरकारको तर्फबाट दायर हुने मुद्दा सम्बन्धमा कारबाही
(१) नेपाल सरकार उपर परेको वा नेपाल सरकारको तर्फबाट दायर हुनु पर्ने मुद्दामा सम्बन्धित विभागीय प्रमुख वा कार्यालय प्रमुखले फिरादपत्र, प्रतिउत्तरपत्र, लिखित प्रतिवाद वा पुनरावेदन पेश गर्नु अघि सम्बन्धित सरकारी वकीलसँग आवश्यक कानूनी सल्लाह लिई त्यस्तो फिरादपत्र. प्रतिउत्तरपत्र, लिखित प्रतिवाद, पुनरावेदन र सो मुद्वासँग सम्बन्धित कागजात एवं प्रमाण सङ्कलन गरी गराई आफुले पेश गर्नु पर्नेमा सम्बन्धित अदालत वा निकायमा पेश गर्नु पर्नेछ र सरकारी वकीलबाट पेश गर्नु पर्नेमा सम्बन्धित सरकारी वकील समक्ष पठाउनु पर्नेछ । यसरी सरकारी वकीलबाट पेश गर्नु पर्ने भई प्राप्त भएको फिरादपत्र, प्रतिउत्तरपत्र, लिखित प्रतिवाद बा पुनरावेदन सम्बन्धित सरकारी वकीलले सम्बन्धित अदालत वा निकायमा पेश .गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको मुद्दामा प्रतिरक्षाको लागि सम्बन्धित निकायले सम्बन्धित सरकारी वकील कार्यालयमा पठाउनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम प्रतिरक्षा गर्न लेखी पठाउँदा सम्बन्धित मिसिल कागजात समेत दुरुस्त राखी पठाउनु पर्नेछ। सम्बन्धित अधिकृत वा पदाधिकारीले आवश्यक कागजात नपठाएको कारणले मुद्दामा असर पर्न गएमा सोको जानकारी सम्बन्धित सरकारी वकीलले विभागीय प्रमुखलाई गराउनु पर्नेछ ।